अपराध

गाईको बाच्छो काटेको आरोपमा ३ जना पक्राउ

नवलपुर टुडे
२०८१ बैशाख १८ | बिहान ११:०१ बजे

भक्तपुर, वैशाख १८ । भक्तपुरमा गाईको बाच्छो काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे घर भएका ४२ वर्षीय वीर बहादुर रानामगर, ३५ वर्षीय काशीराम लोप्चन र सिन्धुपाल्चोक घर भएका वर्ष ३४ का च्याङ्बा तामाङ छन् । उनीहरुले वैशाख १४ मा चाँगुनारायण नगरपालिका–९ ताथली स्थित भद्र कुमारी खोलामा बाच्छो काटेका हुन् ।

प्रहरी प्रभाग सुडाल र वृत्त जगातीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

कमेन्टहरु