Opens in a new tab

समाचार

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

नवलपुर टुडे
२०८१ बैशाख १५ | बिहान ०९:०१ बजे

म्याग्दी । म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका–६ मराङमा रु ८५ लाखको लगानीमा वडा कार्यालय भवन निर्माण भएको छ। नवनिर्मित चारकोठे भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ।

शुक्रबारदेखि कार्यारम्भ भएको नयाँ भवनको उद्घाटन सोही दिन गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले गरे।

धौलागिरि गाउँपालिकाको वडा नम्बर २ र ७ को नयाँ भवन मात्र होइन वडा नम्बर ५ को भवन पनि बनिसकेको छ।

घट्टखोलामा गाउँपालिकाको भवन निर्माणाधीन छ। यसैगरी, वडा नम्बर १ गुर्जा र ३ मुनामा स्वास्थ्य चौकीको भवन निर्माण सकिएको, मुदीमा स्वास्थ्य चौकी र ताकममा पाँच श्ययाको अस्पताल भवन निर्माण भइरहेको छ। रासस

कमेन्टहरु