यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना


कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।
गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। आज राति देशभर आंशिक बदली देखि मौसम सफा रहने छ ।
गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको ।























