पोखराबाट पेस्तोलसहित एक युवा पक्राउ

नवलपुर टुडे
२०८१ बैशाख १३ | मध्यान्ह ०५:०१ बजे

पोखरा । अटोमेटिक पेस्तोलसहित पोखराबाट एक युवा पक्राउ परेका छन् ।
पेस्तोलसहित डाँका चोरी तथा लागु औषध मुद्दाका अभियुक्त पोखरा महानगरपालिका–८ सराङकोटका ३८ वर्षीय नरबहादुर विकलाई प्रहरीले प्रकाउ गरेको हो । उनलाई बिहीबार पोखरा महानगरपालिका–२४ लेकसाइडबाट वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको थियो ।
बागमती प्रदेश ०३३ प् १६३३ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका विक डाँका चोरी र लागु औषध मुद्दाका अभियुक्त समेत रहेको पाइएको छ ।























