कपिलवस्तुमा साढे १ क्विन्टल भन्दा बढी अवैध कुखुरा बरामद गरि नष्ट
धर्मेन्द्र कुमार कुर्मी


कपिलवस्तु, वैशाख १२ । सशस्त्र प्रहरी बल नेपाल (बिओेपी) विजयनगरले १ क्विन्टल ६० किलाे अवैध ब्राेइलर कुखुरा नष्ट गरेकाे छ । विजयनगर गाउँपालिकाकाे ठाकुरापुर-परसुरामपुर नेपाल-भारत सिमा नाकाबाट बरामद गरिएको अवैध ब्राेइलर कुखुरा नष्ट गरिएको सशस्त्र प्रहरी विजयनगरले जनाएको छ ।
तस्करले चाेरी पैठारी गरि भारतबाट नेपालतर्फ ओसारपसार गरि ल्याएकाे अवैध ब्राेइलर कुुखुरा बरामद गरि नष्ट गरिएकाे सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीले जानकारी दिए । बरामद गरिएको कुखुराको मुल्य ४० हजार रुपैयाँ बराबरको रहेकाे उनले बताए ।
प्रहरीका अनुसार सशस्त्र प्रहरी निरीक्षक सन्तोष डौगीको कमाण्डमा ७ जना र प्रहरी चौकी ठाकुरापुरका प्रहरी सहायक निरीक्षक सुन्दर चौधरीको कमाण्डमा खटिएकाे २ जनाकाे संयुक्त गस्ती टोलीले उक्त अवैध चाेरी निकासीकाे कुखुरा बरामद गरेकाे हाे ।
बरामद गरिएको कुखुरालाई पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा ८ र ९ अनुसार नष्ट गरिएको छ । पशु क्वारेन्टाइन कृष्णनगरका प्रतिनिधि डा. दयाराम चाैधरी, प्रहरी, स्थानीय र सञ्चारकर्मीकाे राेहवरमा कुखुरालाई नष्ट गरिएको सशस्त्र प्रहरी विजयनगरले जनाएको छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















