अपराध

नवलपुरमा भरुवा बन्दुकसहित एक जना पक्राउ

नवलपुर टुडे
२०८१ बैशाख १० | बिहान ०७:०१ बजे

नवलपुर, वैशाख १० । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ३ बाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

स्थानीय तारा बहादुर चिडीलाई भरुवा बन्दुक सहित घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

चिडीले घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनको घर र कोठा खानतलासी गर्ने क्रममा १ थान भरुवा बन्दुक फेला पारेको थियो ।

पक्राउ परेका चिडी र भरुवा बन्दुक थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु