अपराध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

नवलपुर टुडे
२०८१ बैशाख ७ | मध्यान्ह ०३:०१ बजे

काठमाडौं, वैशाख ७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक महिला पक्राउ परेकी छन् ।

शुक्रबार दिउँसो १:४५ बजे थाई एयरमार्फत् काठमाडौं आइपुगेकी भारतीय नागरिक सहिना पर्विनलाई ८५० ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलले जानकारी दिए ।

उनका अनुसार सहिनाले अर्धठोस सुन कालो टेपले बेरेर ल्याएकी थिइन् ।

कमेन्टहरु