१६ वर्षीया किशोरीमाथी जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

नवलपुर टुडे
२०८१ बैशाख ७ | मध्यान्ह ०१:०१ बजे

झापा, बैशाख ७ । झापामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका – ११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
तामाङले ती किशोरीलाई सोही नगरपालिका – ११ सालबारीस्थित होटलमा बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।























