बारा प्रहरीले गोली चलाएर समात्यो गाँजा तस्कर

नवलपुर टुडे


बारा । बारा प्रहरीले गोली चलाएर २३० किलो लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार बिहान इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले सीमावर्ती क्षेत्र पचरौता नगरपालिका-४ ईनर्वाबाट गाँजासहित एक तस्करलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा रौतहट फतुवा विजयपुर नगरपालिका-४ टेग्राहाका चन्दन पासवान रहेको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। उनका अनुसार भारततर्फ ठुलो परिमाणमा गाँजा तस्करी भइरहेको सूचना प्रहरीले पाएको थियो। सोही सूचनाका आधारमा तस्करहरुको खोजी गर्दै जाँदा ईनर्वामा फेला परेका थिए।
प्रहरीलाई देखेर तस्करहरू भाग्न खोजेपछि नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गर्नुपरेको उपरीक्षक खड्काले जानकारी दिए। ‘बिहान साढे एक बजेतिरको समय थियो, प्रहरीको हवाई फायर गरेपछि तस्कर समूहले गाँजालाई कल्भट मुनि लुकाएर भागेका थिए। हामीले हवाई फायर पछि एक जनालाई नियन्त्रणमा लिन सफल भयौं। बाँकीको खोजी कार्य जारी छ।’ उनले भने।
पक्राउ परेका पासवानबाट जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। सो ठाउँबाट करिब दुई सय ३० किलो गाँजा बरामद गरिएको सम्मेलनमा प्रहरीले जानकारी दिएकाे छ।

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
अरुपनि पढ्नुहोस
सबै
‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते
















