अपराध

नवलपरासीको कुडियामा कुटपिट गरी आफ्नै काकाको हत्या गर्ने पक्राउ

नवलपुर टुडे
२०८१ बैशाख २ | मध्यान्ह ०८:०१ बजे

नवलपरासी, बैशाख २ । पश्चिम नवलपरासीमा आफ्नै काका नाता पर्नेलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुस्ता गाउँपालिका- ३ मर्चहवा बस्ने २१ बर्षीय सन्तराम रहेको छ ।

उनले आफ्नै काका ५० वर्षीय तिलकधरी चमार (हरिजन) लाई कुटपिट गरी हत्या गरेको अभियोगममा आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

उनले गत चैत २८ गते वादविवाद भई कुटपिट गर्दा घाइते भएका काका तिलकधरीलाई स्थानीय मेडिकलमा उपचार गराईएका थिए। मृतक काका घरमै बसिरहेको अवस्थामा आइतबार बिहान मृत्यु भएपछि प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरीले सन्तरामलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको आचार्यले बताए ।

कमेन्टहरु