चितवनको सनराइज सहकारीका सञ्चालक रिमाल र सचिव पाण्डे पक्राउ

नवलपुर टुडे


चितवन, चैत्र २८ । चितवनको सनराइज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक नरेन्द्र कुमार रिमाल र सचिव योगेन्द्र पाण्डे पक्राउ परेका छन् । छ सय बढी बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष रिमाल र सचिव पाण्डे पक्राउ परेका हुन् ।
लामो समयदेखि फरार रहेका उनीहरुलाई नवलपुरको कावासोतीबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरुलाई नवलपरासीको छिपछिपे सहकारीमा पनि रकम हिनामिना गरेको आरोप लागेको छ । अहिले नवलरासीमा रहेका उनीहरुलाई चितवन ल्याउने प्रकृयामा रहेको प्रहरीले जानकारी दिएको छ ।
चितवनको लायन्सचोक, विकासचोक, चनौली र पार्वतीपूरमा कार्यालय स्थापना गरेको सहकारीले कारोबार गर्दै आएको थियो । करिब एक बर्षभन्दा अघिदेखि सहकारीका सञ्चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, अहिलेसम्म सनराईज सहकारीका छ सयभन्दा बढी बचतकर्ताले ठगी गरेको भन्दै उजुरी दिएका छन् ।
उनीहरुको करिब ३३ करोड रुपैयाँ रकम सहकारीमा फसेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिए । उजुरी दिने क्रम जारी रहेकाले यो रकम अझै बढ्न सक्ने उनले बताए । यस सहकारीका सञ्चालक समितिका अध्यक्ष रिमाल सहित उपाध्यक्ष सन्तोषि केसी, सचिव योगेन्द्र पाण्डे र कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवाली विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको थियो ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















