सङ्खुवासभामा छोराको कुटपिटबाट बुबाको मृत्यु

नवलपुर टुडे


किमाथाङ्का, सङ्खुवासभा,चैत २७ । सङ्खुवासभाको पाँचखपन नगरपालिका-२ गैरीगाउँमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ ।
२८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुवा युवराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिनुभयो । गएराति घरायसी वादविवादमा छोरा सुमनले बुवालाइ कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते ५० वर्षीय युवराजको उपचारका क्रममा आज बिहान जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । रासस

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
अरुपनि पढ्नुहोस
सबै
‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते
















