बलात्कार गरेको र जबरजस्ती गर्भपतन गराएको आरोप लगाउँदै महेश बस्नेतविरूद्ध प्रहरीमा जाहेरी

नवलपुर टुडे


काठमाडौं, चैत २५ । बलात्कार गरेको र पटकपटक गर्भपतन गराएको भन्दै एक महिलाले एमाले नेता महेश बस्नेतविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् ।
ती महिलाले चैत १३ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरीमा जाहेरी अघि नबढाएको भन्दै उनले सरकारी वकिल कार्यालय काठमाडौं र हुलाकमार्फत उजुरी दिएकी थिइन् । सरकारी वकिल कार्यालय काठमाडौंले बस्नेतमाथि अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि अहिले अनुसन्धान थालेको काठमाडौं प्रहरी परिसर प्रमुख भुपेन्द्र खत्रीले बताए ।
पीडित महिलाको जाहेरीमा बस्नेतले आफूमाथि काठमाडौंको बबरमहलस्थित सनसाइन अपार्टमेन्ट र भारतमा समेत पटक–पटक बलात्कार गरेको उल्लेख गरेकी छिन् । बस्नेत र आफ्नो १० वर्षदेखि प्रेम सम्बन्ध रहेको उल्लेख गर्दै उनले यसअघि बस्नेतले दुईपटकसम्म फकाएर गर्भपतन गर्न लगाएको बताएकी छिन् ।
पछिल्लो समय बसेको गर्भलाई बस्नेतले झुक्याएर तुहाइदिएको र बिरामी अवस्थामा बलात्कार गरेको पिडित महिलाको दाबी छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















