तनहुँमा हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

नवलपुर टुडे
२०८० चैत्र २४ | मध्यान्ह ०८:१२ बजे

तनहुँ, चैत २४ । तनहुँको व्यास नगरपालिका–५ साँगेमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् ।
३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या आरोपमा श्रीमान ४० वर्षीय जितबहादुर कुमाल पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराका अनुसार जितबहादुरले हतियार प्रहार गरि श्रीमतीको हत्या गरेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























