तीन दिन मौसममा बदली, मधेसमा हावाहुरी चल्ने सम्भावना

नवलपुर टुडे


काठमाडौं, चैत २३ । आगामी तीन दिन देशभरको मौसममा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभर मेघ गर्जन, चट्याङ्सहित आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ ।
महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्सहित हल्का बर्षा भइरहेको छ । राति पनि यी प्रदेशका पहाडी भूभागसहित बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।
उहाँले भन्नुभयो, “पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का बर्षा भइरहेको छ । राति बागमती प्रदेशका पहाडी भूभागमा पनि हल्का बर्षाको सम्भावना छ ।”
हावाहुरी चल्ने
महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार शनिबार मधेस प्रदेशको एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ । मधेस प्रदेशमा हावाहुरीको सम्भावना रहेकाले त्यस क्षेत्रका बासिन्दालाई थप सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।
बाँकी प्रदेशमा आंशिदेखि साधारणतया बदलीको सम्भावना रहेको उहाँले बताउनुभयो । प्रि–मनसुनको समय भएकाले पहाडी भूभागमा केहीबेर पानी पर्ने र रोकिनेक्रम निरन्तर चल्ने उहाँको भनाइ छ । आइतबार पनि देशभरको मौसममा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















