कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरी सर्वोच्च परिसरबाटै पक्राउ

नवलपुर टुडे


काठमाडौं । सर्वोच्चले थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएसँगै न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई अदालत परिसरबाटै पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । उनी मुद्दाको सुनवाइका लागि सर्वोच्च अदालतमा उपस्थित थिए । श्रीमती आरती रावलले दिएको बलात्कारको मुद्दामा गिरीलाई सर्वोच्चले थुनामा राख्न आदेश गरेको हो । जिल्ला अदालतले उनलाई धरौटीमा छोडेको थियो भने उच्चले जिल्लाको निर्णय सदर गरेको थियो । त्यसलाई उल्टाएर सर्वोच्चले गिरीलाई फेरि थुनामा पठाएको छ ।
कपिलवस्तु जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा दिएकी आरतीले काठमाडौं जिल्ला अदालतमा बलात्कारको मुद्दा दायर गरेकी थिइन् । सम्वन्धविच्छेदको मुद्दा चलिरहेको अवस्थामा गिरीले आफूलाई कोठामै आएर रातभर बलात्कार गरेको उनको आरोप छ । उक्त मुद्दाको अन्तिम फैसला भोलि जिल्ला अदालतले सुनाउने भएको छ । सर्वोच्च अदालतमा आज मुद्दाको सुनवाइ हुँदै गर्दा आरतीले विष सेवन गरेकी थिइन् । उनलाई तत्काल वीर अस्पताल पुर्याइएको थियो । अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य परिक्षणबाट विष खाएको पुष्टि भएको छ । तर, शरीरमा कुनै असर नगरिसकेको स्रोतले बतायो ।

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म …

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अक्टोबरसम्म ३० हजारभन्दा बढी विदेशी पर्यटक मनाङमा, भारतीयको सङ्ख्या सबैभन्दा धेरै

बुद्धिचालमा रुलेश र आशिशको संयुक्त अग्रता
अरुपनि पढ्नुहोस
सबै
वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट
















