अपराध

१३ वर्षीया बालिकालाई यौन व्यवसायमा लगाउने खाजाघर सञ्चालक पक्राउ

नवलपुर टुडे
२०८० चैत्र २० | मध्यान्ह ०१:१२ बजे

काठमाडौँ, चैत २० । नाबालिकालाई यौन व्यवसायमा लगाउने खाजाघर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरमा १३ वर्षीया बालिकालाई यौन व्यवसायमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरेको हो ।

बालिकालाई फागुनदेखि डर र प्रलोभनमा पारेर यौन व्यवसायमा लगाउने गरेको प्रहरीले बताएको छ । पक्राउ परेका मगरलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु