३० र ६० वर्ष कैद सजाय तोकिएका दुईजना फरार प्रतिवादी पक्राउ

नवलपुर टुडे


काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० वर्ष र ३० वर्ष कैद सजाय तोकिएका दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकका ३८ वर्षीय बच्चु सुनार र सिन्धुपाल्चोककै ४७ वर्षीय दावा लामा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनीहरूले २०६४ सालमा सिन्धुपाल्चोककै तीनजना युवतीलाई आकर्षक वैदेशिक रोजगारको प्रलोभन देखाएर लेबनान पठाउने आश्वासन दिएका थिए । त्यसपछि वीरगन्ज हुँदै भारतको सहिदनगर पुर्याएर एक–एक लाख रुपैयाँमा बिक्री गरेर यौन धन्दामा लगाएका थिए ।
सोही अरोपमा उनीहरूलाई जिल्ला अदालत काठमाडौंले ३० वर्ष र ६० वर्ष कैद सजाय तोकेको थियो । सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार २०७८ मा सुनारलाई ३० वर्ष र लामालाई ६० वर्ष कैद सजाय तोकिएको थियो ।

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
अरुपनि पढ्नुहोस
सबै
‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते
















