अपराध

रौतहटबाट गाँजासहित एक जना पक्राउ

अशोक यादव
२०८० चैत्र १६ | मध्यान्ह ०२:१२ बजे

रौतहट, चैत १६ । रौतहटबाट लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बारा बछनपुर्वा वडा नं.६ स्थायी घर भई रौतहट फतुवाबिजयपुर न.पा.वडा नं.११ भैसही टोल बस्ने प्रमेश्वर हजराको छोरा बर्ष ६३ को दयालाल पैसवान रहेको छ ।

उनलाई शुक्रबार बिहान ९:४५ बजेको समयमा आफू बस्ने घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा प्र.चौ.दुधिअवा रौतहटबाट खटिएको संयुक्त प्रहरी टोलीले निज दयालाल पैसवानको घर खानतलासी गर्दा लागुऔषध गाँजा १७ किलो ५०० ग्राम फेला पारी नियन्त्रणमा लिईएको हो ।

उनलाई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय लक्ष्मीनिया रौतहटमा राखि लागुऔषध सम्बन्धी कसूर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु