नेपाल प्रहरीका ८ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (सूची)

नवलपुर टुडे


काठमाडौँ, चैत १५ । नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । आईजीपी वसन्त कुँवरको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले ८ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो ।
एसपीमा बढुवा सिफारिस हुनेहरूमा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय बजेट शाखामा कार्यरत डीएसपी ढेकेन्द्र खतिवडा, जिल्ला प्रहरी परिसर काठमाडौंको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत डीएसपी अंगुर जिसी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नेपाल प्रहरी आत्मरक्षा तथा खेलकुद प्रशिक्षक समूह महाराजगंजमा कार्यरत डीएसपी यादब ढकाल र नेपाल प्रहरी सिंहदरबार सुरक्षा गण काठमाडौंमा कार्यरत डीएसपी सन्तोष तामाङ छन् ।
त्यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय टंगालमा कार्यरत डीएसपी श्यामबाबु ओलिया, नेपाल प्रहरी विद्यालय साँगामा कार्यरत डीएसपी निरञ्जन दत्त भट्ट , प्रहरी प्रधान कार्यालय प्रदेश अपराध समन्वय शाखा नक्सालमा कार्यरत डीएसपी राजन लिम्बू र नेपाल प्रहरी पहरा गण मुख्यालय सामाखुशी काठमाडौंमा कार्यरत डीएसपी विनोद घिमिरेलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको छ ।


सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















