भिसा अवधि सकिए पनि नेपाल बसिरहेका ५ जना बंगलादेशी नागरिक पक्राउ

नवलपुर टुडे
२०८० चैत्र १२ | मध्यान्ह ०५:१२ बजे

काठमाडौँ । भिसाको अवधि सकिएपछि पनि नेपाल बसिरहेका ५ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २६ वर्षीय एमडी रिफात अहमद, २३ वर्षीय एमडी अब्दुलला, ४५ वर्षीय समसुल होडा, ३० वर्षीय अब्दुस विश्वास र ३६ वर्षीय एमडी मासुम मिहा रहेका छन् ।
उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नकुल पोखरेलले बताए ।
बंगलादेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरी गैराकानुनी ढङ्गले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।























