कपिलवस्तुको नारायणी आँखा अस्पतालमा कार्यरत ल्याब टेक्निसियनको करेन्ट लागेर मृत्यु

नवलपुर टुडे


कपिलवस्तु, चैत १२ । कपिलवस्तुको नारायणी आँखा अस्पतालमा कार्यरत ल्याब टेक्निसियनको करेन्ट लागेर मृत्यु भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका-१० घर भई कपिलवस्तुको कृष्णननगर नगरपालिका – ९ बहादुरगञ्जस्थित नारायणी आँखा अस्पतालमा कार्यरत ल्याब टेक्निसियन ३३ वर्षीय देवराज देवकोटाको करेन्ट लागेर मृत्यु भएको हो ।
आइतबार बेलुका सवा ६ बजेतिर काभ्रो टिप्न भनेर रुखमा चढेको समयमा रुखको हाँगा लच्किएर बिजुलीको हाइटेन्सनलाई छोइएपछि देवकोटालाई करेन्ट लागेर रुखबाट भूइमा खसेका थिए । उनको तत्काल उद्धार गरी उपचारका लागि मेडिकल कलेज भैरहवा लैजाने क्रममा मृत्यु भएको हो । उनको शव पोष्टमार्टमका लागि भिम अस्पताल भैरहवामा राखिएको छ ।
देवकोटा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जमा ल्याब टेक्निसियनका रूपमा कार्यरत थिए ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















