खन्ती प्रहार गरि साथीको हत्या

नवलपुर टुडे
२०८० चैत्र ८ | बिहान १०:१२ बजे

झापा, चैत ८ । झापाको पृथ्वीनगरमा धारिलो हतियार खन्ती प्रहार गरी एक युवकले साथीको हत्या गरेका छन् ।
आज बिहान ५ बजेको समयमा भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा स्थानीय अन्दाजी २५ वर्षीय लोकबहादुर राईले अन्दाजी ३५ वर्षीय सनम राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लोकबहादुर र सनम साथी हुन् ।
लोकबहादुर गएराति सनमको घरमा गएर सुतेका थिए । सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी लोकबहादुरले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
लोकबहादुरलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको जनाएको छ । हत्याको कारण भने नखुलेको प्रहरीको भनाइ छ ।























