मौसम

यी तीन प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

नवलपुर टुडे
२०८० चैत्र ७ | बिहान ०६:१२ बजे

काठमाडौँ, चैत ७ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ ।

महाशाखाका अनुसार अहिले कोशी ,मधेस प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपात भइरहेको छ ।

आज दिउँसो कोशी ,मधेस, बागमती र गण्डकी प्रदेश सहित देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस र बागमती प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सहित देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेश सहित देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्टहरु