शालिन मृत्यु प्रकरण: प्रिन्सिपलसहित तीन जना धरौटीमा रिहा

नवलपुर टुडे


चितवन, चैत ६ । रत्ननगरको एकता शिशु निकेतनको होस्टलमा मृत भेटिएकी शालिन पोखरेलको घटनामा पक्राउ परेका प्रिन्सिपलसहित तीन जना धरौटीमा रिहा भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो । आत्महत्या दुरूत्साहनको मुद्दामा सोमबार नसकिएको थुनछेक बहस आज सकिएर सो आदेश आएको छ ।
एकता शिशु निकेतनका प्रिन्सिपल बालहरि देवकोटा तीन लाख, शिक्षक किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमलप्रसाद शर्मा पाँच–पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।
गत फागुन १२ गते एकता शिशु निकेतनमा अध्ययनरत पोखरेल पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेपछि शालिनको परिवारले प्रहरीमा बलात्कारपछि हत्या गरेको किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा उनीहरु पक्राउ परेका थिए । तर, बालिकाको पोष्टमार्टम रिपोर्टमा हत्या नभएको पाइएको थियो ।

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
अरुपनि पढ्नुहोस
सबै
‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते
















