रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरी ५२ लाख लुटपाट

नवलपुर टुडे
२०८० चैत्र २ | मध्यान्ह ०२:१२ बजे

रौतहट, चैत २ । रौतहटको परोहा नगरपालिका – ९ खापचोकस्थित एक मनी ट्रान्सफरमा लुटपाट भएको छ । शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित आएका तीन जनाको समूहरूले ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गरी करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् ।
गोली साहको कन्चटमा लागेको र उनलाई उपचारका लागि वीरगन्ज पठाइएको रौतहटका एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले घटनाको केहीबेरमै पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक मुनिस कुमार यादव, राजा कुमार पासवान र चन्द्रभान सिंह रहेका छन् ।
उनीहरु भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा आएका थिए । प्रहरीले अभियुक्तहरुको साथबाट मोटरसाइकलका साथै लुटिएको रकम र पेस्तोल बरामद गरेको छ ।























