अपराध

पूर्वसभामुख कृष्ण बहादुर महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस

नवलपुर टुडे
२०८० चैत्र २ | बिहान ११:१२ बजे
फाइल तस्बिर

काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ। आयोगले भेपमार्फत् भएको सुन तस्करीमा दोषी देखिएको भन्दै सत्तारूढ माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई मुद्दा चलाउन सिफारिश गरेको हो।

उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले महरालाई मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन सरकारलाई बुझाएको छ। उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार बुझाएका छन् ।

इलेक्ट्रिक चुरोट ‘भेप’मा भेपमार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ। पूर्वसभामुख महरालाई फेरि अनुसन्धान गरेर मुद्दा चलाउन आयोगले सिफारिस गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

आयोगले महरासँग माघ २५ गते बयान लिएको थियो। उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।

कमेन्टहरु