प्रहरी कार्यालयबाट भागेका थुनुवालाई समाउन खोज्दा भिरबाट लडेर प्रहरी जवानको मृत्यु

नवलपुर टुडे


दार्चुला, फागुन २८ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न खटिएका प्रहरी जवानको लडेर मृत्यु भएको छ । ३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार दिउँसो साढे १२ बजे मृत्यु भएको प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए ।
जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा गत फागुन २१ गते पक्राउ परेका महाकाली नगरपालिका वडा नम्बर १ का उमेशसिंह कुँवर मुद्दा शाखामा सोधपुछ चलिरहेको बेला हतकडीसहित प्रहरी कार्यालयबाट भागेका थिए ।
भागेका थुनुवा कुँवरलाई समात्न प्रहरी जवान चौधरी प्रहरी कार्यालय भवनको पछाडी भागबाट हाम फाल्दा भिरमा पुगेर टाउकोमा चोट लागेको थियो । लडेको केहीबेरमै जवान चौधरीको मृत्यु भएको थियो ।
उनको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । भागेका थुनुवा कुँवरलाई भारतीय प्रहरीको समन्वयमा महाकाली पारिबाट नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















