अपराध

सिरहामा धारिलो हतियार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

जगत ठाडा मगर
२०८० फाल्गुन २७ | मध्यान्ह ०८:११ बजे

सिरहा, फागुन २७ । सिरहामा धारिलो हतियार प्रहार गरी एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

सिरहा नगरपालिका – ६ बसपिट्टाका ६५ वर्षिय रामउदगार साहले आफ्नै श्रीमती ६० वर्षिया निर्मला साहको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी सन्तोष आचार्यले जानकारी दिए  ।

एसपी आचार्यका अनुसार निर्मलाको हत्या गरिएको अवस्थामा शव खेतमा फेला परेको थियो । प्रहरीले हत्या अभियोगमा श्रीमान साहलाई पक्राउ गरेको छ । उनले घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ । दुई दिन अगाडि पनि सिरहाको गोलबजारमा एक पुरुषले श्रीमतीको हत्या गरेका थिए । 

कमेन्टहरु