आजको मौसम : यी तीन प्रदेशमा हल्का हिमपात

नवलपुर टुडे
२०८० फाल्गुन २७ | बिहान ०६:११ बजे

काठमाडौं, फागुन २७ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू–भागलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै भू–भागमा आंशिक बदलीको अवस्था छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।























