मौसम

यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

जगत ठाडा मगर
२०८० फाल्गुन २० | बिहान ०७:११ बजे

काठमाडौँ, फागुन २० । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रही  कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम र बागमती  प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकाका केही स्थानहरूमा बिहानैदेखि छिटपुट वर्षा भइरहेको छ । 

महाशाखाका अनुसार आज दिउँसाे देशभर साधरणतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागको थोरै स्थानहरूमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्टहरु