संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

जगत ठाडा मगर
२०८० फाल्गुन १८ | बिहान ०७:११ बजे

काठमाडौं, फागुन १८ । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक १२ : ९ बजे बोलाइएको छ ।
प्रतिनिधिसभाको बैठकमा सभामुख देबराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर भएकोबारे जानकारी दिने कार्यसूची रहको छ । यस्तै परराष्ट्र मन्त्रीले ‘विमस्टेक वडापत्र’ प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ ।
त्यसैगरी राष्ट्रियसभा बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ‘२२६क’ बमोजिम लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट अनिता देवकोटाले “निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्थालगायत कार्यहरूको अनुगमन, निरीक्षण र मूल्यांकनको प्रतिवेदन, २०८०” पेस गर्नेलगायत सम्भावित कार्यसूची रहेको छ ।






















