प्रथम संस्करणकाे राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४ को आवेदन खुल्ला

जगत ठाडा मगर


काठमाडौं । ओप्सना फिल्म प्रा.लि.को आयोजनामा राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४ प्रथम संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । उक्त फिल्म प्रा.लि. ले पाँच बर्ष भित्रमा बजारमा आएका गीत संगीतलाई यस अवार्डमा सहभागी गराउन सकिने जनाएको छ ।
त्यस्तै गीत संगीतको अडियो र भिडियोतर्फका विभिन्न विधालाई समावेश गरी यस अवार्डमा राष्ट्रिय भावको पप गीत, गजल, आधुनिक, लोकदोहोरी, भाषाभाषी गीत र चलचित्रका गीतहरुलाई समावेश गरिनेछ । गीत संगीतमा लागेका स्रष्टा सर्जक प्रस्तोता निर्देशक कलाकार छायांकन सम्पादक लगायतलाई अवार्ड तथा सम्मान प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष ओम प्रकाश राईले जानकारी गराउनुभएको छ ।
यस अवार्डमा सहभागी हुनको लागि कलाकारले आफ्नो गीतलाई कार्यालय वा अनलाइन मार्फत् उपलब्ध गराउनु पर्नेछ । राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४ युवा प्रतिभा सम्मान पत्रकारिता सम्मान, बालप्रतिभा सम्मान डायस्पोरा सम्मानसमेत प्रदान गरिनेछ ।
थप जानकारीकाबलागी तपाईँले काठमाडौंको बुद्धनगरमा रहेको ओप्सना फिल्म प्रा.लि.मा सम्पर्क गर्न सक्नु हुनेछ भने ओप्सना फिल्म प्रा.लि.को फेसबुक पेजमा पनि सम्पर्क गर्न सक्नु हुनेछ । साथै मोबाइल फोनबाट सम्पर्क गर्नेहरुले ९८५१०६६०९२-९८४००५३०७६ र ९८१९०४५५५७ मा पनि सम्पर्क गर्न सक्नु हुनेछ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















