धादिङबाट छ क्विन्टल भन्दा बढी गाँजासहित एक युवक पक्राउ

जगत ठाडा मगर
२०८० फाल्गुन १५ | मध्यान्ह ०५:११ बजे

धादिङ, फागुन १५ । धादिङबाट प्रहरीले ६ क्वीन्टल भन्दा बढी लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । गजुरी गाउँपालिका-२ स्थित सडकबाट प्रहरीले ६ सय २० किलो ४४ ग्राम गाँजासहित सर्लाहीको लालबन्दी नगरपालिका-७ बस्ने २९ वर्षीय सन्तोष कुमार साहलाई पक्राउ गरेको हो ।
मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले मधेश प्रदेश ०३-००१ ख ८३०९ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा कबाडीको सामानभित्र लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक साहलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।























