अपराध

वीरगञ्जबाट चुकुन्दर लोड गरेकाे पिकअप गाडी नियन्त्रणमा

नवलपुर टुडे
२०८० फाल्गुन १३ | मध्यान्ह ०३:११ बजे

वीरगञ्ज । प्रहरीले बिल बिजकभन्दा बढी चुकुन्दर लोड रहेको एउटा मालबाहक पिकअप नियन्त्रणमा लिएको छ।

वीरगञ्जबाट काठमाडाैँतर्फ जाँदै गरेको सूचनाको आधारमा पर्सा वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकस्थित सडकखण्डमा प्रदेश ३–०१–०२४ च ३५८९ नम्बरको मालवाहक पिकअपलाई प्रहरीले रोकेर जाँच गरेको थियो। जाँचको क्रममा ३४ हजार ८ सय मुल्य बराबरको चुकुन्दरको बिल बिजक शंकास्पद देखिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।

नियन्त्रणमा लिईएको चुकुन्दरलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको उनले बताए।

कमेन्टहरु