मौसम

यी प्रदेशमा हुनेछ आज वर्षा र हिमपात

नवलपुर टुडे
२०८० फाल्गुन १२ | बिहान ०७:११ बजे

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही दिनयता केही प्रदेशमा छिटपुटदेखि हल्का वर्षा भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । 

मौसमविद् गोविन्द झाका अनुसार काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । 

कमेन्टहरु