अपराध

थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरी

नवलपुर टुडे
२०८० फाल्गुन ११ | मध्यान्ह ०५:११ बजे

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरी भएको छ । शुक्रबार एकजना महिलाले बच्चा चोरी गरी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

”बच्चा चोरीको उजुरी आएको छ, अनुसन्धान टोली परिचालन भएको छ,” उनले बाह्रखरीसित भने । उनका अनुसार काभ्रेकी एक महिलाको २६ दिनअघि जन्मिएकी छोरी चोरी भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

कमेन्टहरु