अपराध

नेपाली नक्कली नोटसहित एकजना पक्राउ

नवलपुर टुडे
२०८० फाल्गुन १० | मध्यान्ह ०७:११ बजे

बारा । प्रहरीले बाराबाट नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।

नक्कली नोटसहित प्रहरीले बाराको बारागढी गाउँपालिका–२ दौरवा टोल बस्ने ३४ वर्षीय दीपेन्द्र माझीलाई पक्राउ गरेको हो। प्रहरीले निजगढ नगरपालिका–९ निजगढस्थित हाटबजारमा नेपाली एक हजारको नक्कली नोट दिई सामान खरिद गरिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

WhatsApp Image 2024 02 21 at 19.03.21

पक्राउ परेका माझीको साथबाट एक हजार दरको दुई वटा नेपाली नक्कली नोट बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवं डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका माझीविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको न्यौपानेले बताए।

कमेन्टहरु