रास्वपाको कोशी प्रदेश महामन्त्री थापा निलम्बित

जगत ठाडा मगर


विराटनगर, फागुन ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कोशी प्रदेश महामन्त्री लालविक्रम थापा कारबाहीमा परेका छन् । उनलाई पार्टीको फेसबुक पेज दुरुपयोग गरेको र सामुदायिक विद्यालयको जग्गाको भाडा नतिरेको भन्दै पार्टीले निलम्बन गरेको हो ।
उनी सुनसरी क्षेत्र नं २ मा गएको प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनेका थिए । उनीमाथि इटहरीको जनता माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भाडामा लिएर पैसा नतिरेको आरोप छ । सो विषयमा पार्टीले उक्त मुद्दालाई किनारा लगाउन सुझाव दिँदा नटेरेपछि कारबाही गरिएको रास्वपाले जनाएको छ ।
उनले विद्यालयको २ कठ्ठा खाली जग्गा भाडामा लिएर सनमुन प्लाजा सञ्चालन गर्दै आएका छन् । प्लाजाबीच भएको सम्झौता अनुसारको भाडा नबुझाएको भन्दै पार्टीले स्पष्टीकरण सोधेको थियो । तर संवाद प्रक्रिया नै बन्द गरी कोशी प्रदेशको सामाजिक सञ्जाल प्रयोग निर्देशिका २०८० भावना र मर्म विपरीत फेसबुक लाइभ गरी अनर्गल प्रस्तुति दिएको पार्टीको आरोप छ ।

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
अरुपनि पढ्नुहोस
सबै
लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी
















