अपराध

व्यवसायीलाई धम्की दिने दुईजना पक्राउ

नवलपुर टुडे
२०८० फाल्गुन ८ | मध्यान्ह ०७:११ बजे

काठमाडौं । विभिन्न व्यक्तिलाई धम्की दिएर चन्दा संकलन गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको टिकापुरका हृदयराज बोगटी र नुवाकोटको ककनीका नरहरि ढुंगाना छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । एक व्यवसायीलाई ५० लाख रुपैयाँ चन्दा माग गर्दै धक्की दिएको उजुरीपछि उनीहरू पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट प्रहरीले सुदूरपश्चिम प्रदेश–०१००९ प ६६१० नम्बरको मोटरसाइकल, चार थाना मोबाइल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सहयोग रसिदसमेत बरामद गरेको छ । 
 

कमेन्टहरु