कपिलवस्तुमा हत्या गरी गाडिएको शव सनाखत, अभियुक्तलाई चाडै कानुनको दायरामा ल्याउछौ: प्रहरी

नवलपुर टुडे


कपिलवस्तु । कपिलवस्तुमा निर्मम हत्या गरी गाडिएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ। फेला परेकाे शव कपिलवस्तुको महाराजगन्ज नगरपालिका– ६ भलवारीका २७ बर्षिय शिव कुमार कुर्मीको भएको प्रहरी नायब उपरीक्षक हरि बहादुर वली जानकारी दिए।
कपिलवस्तु नगरपालिका– ४ पिपरी गाउँ नजिकैको नहरको कुलोमा आइतबार साँझ शरीर जलाइएको र टाउको नभएको अवस्थामा शव फेला परेको थियो। मृतक कुर्मी गत शनिबार साँझ देखि सम्पर्कविहीन थिए। नजिकै घुमेर आउँछु भनेर घरबाट निस्केका उनी सम्पर्कविहीन भएको पारिवारिक श्रोतले जनाएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रहेको शवलाई मृतकका भाइले सनाखत गरेका थिए। शरीरको केही भागमा जलेको अवस्थामा रहेको जिन्सको ज्याकेट, कपडा लगायतका कुरा आफ्नै छोराको रहेको मृतकका बुवा रामपतिले बताए।
शवलाई पोस्टमर्टमकालागि सोमबार बुटवल लगिएको थियो। प्रहरीले घटनाको अनुसन्धान सूक्ष्म रुपले गरिरहेकाे प्रहरी उपरीक्षक नवरत्न पौडेलले नवलपुर टुडेलाई बताए । घटनाका अभियुक्तलाई चाडै कानुनको दायरामा ल्याउने उनले बताए।

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
अरुपनि पढ्नुहोस
सबै
विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण
















