अपराध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

नवलपुर टुडे
२०८० फाल्गुन ८ | मध्यान्ह ०१:११ बजे

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५५ ग्राम सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका सरिफ अहमद अब्दुल रफार छन् ।

दुबईबाट काठमाडौँमा ओर्लेका उनलाई ८५५ ग्राम तरल सुनसहित पक्राउ गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले बताए ।

तरल सुन तिनवटा क्याप्सुल आकार बनाएर रफारले लुकाएर ल्याएको भेटिएको छ । सुन कभर गरेको र्‍यापरसहित उनले ल्याएको सुनको तौल ८५५ ग्राम छ । आरोपीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

कमेन्टहरु