अपराध

चितवनबाट ५ सय ४२ केजी गाँजा बरामद, दुईजना प्रकाउ चालक फरार

नवलपुर टुडे
२०८० फाल्गुन ७ | मध्यान्ह ०२:११ बजे

चितवन, फागुन ७ ।  चितवनबाट प्रहरीले ५ सय ४२ किलो गाँजा बरामद गरेको छ । ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रकमा लुकाइएको ५ सय ४२ किलो गाँजा बरामद गरिएको हो ।

इलाका प्रहरी निरीक्षक श्याममणि पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा रोकिराखेको देखेपछि दुबै ट्रकको चेकजाँच गर्दा ३० वटा पोका ठूलो परिमाणमा गाँजा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ८ बजे राप्ती-३ स्थित पूर्व-पश्चिम राजमार्गको झुरझुरेमा सडक छेउमा बरामद भएको गाँजा धादिङ, मकवानपुर र चितवनका पहाडी क्षेत्रमा उत्पादन गरिएको हुनसक्ने बताए।

प्रहरीले डिब्बा ट्रकका चालक धनकुटा छथर जोरपाटे- ३ का ३२ वर्षका रमेशनाथ दाहाल र अर्को ट्रकमा सवार कपिलवस्तु बुद्धभूमि-४ का २५ वर्षीय खुशीराम थारूलाई पक्राउ गरेको छ। ट्रकका चालक फरार छन् ।

423735931 852321193362049 4557720322580364621 n

423422315 775179144527315 269442712684852679 n 423737657 380345914782047 1206529715688388765 n

कमेन्टहरु