तम्घासमा मापदण्ड विपरीत सञ्चालनमा रहेका दुई एग्रोभेट सेन्टरमा ताला

नवलपुर टुडे


गुल्मी, फागुन ६ । गुल्मीको तम्घासमा दुई एग्रोभेट सेन्टरमा ताला लगाइएको छ । मापदण्ड विपरीत सञ्चालनमा रहेका यहाँका दुई एग्रोभेट सेन्टरलाई जिल्ला प्रशासन कार्यालयले ताला लगाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रशासन कार्यालयका सूचना अधिकारी हरिप्रसाद गैरेका अनुसार तम्घासको उदिनढुङ्गास्थित मापदण्डविपरित रहेका दुर्गा एग्रोभेट सेन्टर र मुसिकोट एग्रोभेट सेन्टरमा ताला लगाइएको हो ।
औषधी व्यवस्था विभागमा दर्ता हुनु पर्नेमा दुई वटै एग्रोभेट सेन्टर दर्ता नगरी सञ्चालन गरेको पाइएकाले ताला लगाइएको सूचना अधिकारी गैरेले बताउनुभयो । दुई एग्रोभेट सेन्टरले औषधी व्यवस्था विभागमा आफ्नो एग्रोभेट सेन्टर दर्ता गरी दर्ता प्रमाणपत्र ल्याएमा खुल्ने उहाँले बताउनुभयो । आज जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्दा पनि आवश्यक कागजात नभेटिएको र औषधी व्यवस्था विभागको आदेशअनुसार दुई वटै एग्रोभेट सेन्टर बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताउनुभयो ।
केही समय पहिले औषधी व्यवस्था विभागले अनुगमन गर्दा यी दुई वटै एग्रोभेट सेन्टरले दर्ता नगरेको भेटेपछि दर्ता गरी प्रमाणपत्र ल्याउन भनेको थियो ।

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने
















