अपराध

बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत पक्राउ

नवलपुर टुडे
२०८० फाल्गुन २ | मध्यान्ह ०४:११ बजे

काठमाडौं, फागुन २ । काठमाडौं जिल्ला अदालतका एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । ललितपुर प्रहरीले माघ २८ गते अधिकृत गोपाल गजमेरलाई पक्राउ गरेको हो ।

गजमेरविरुद्ध बलात्कारको जाहेरी परेकै दिन प्रहरीले उनलाई पक्राउ गरेको थियो । पाटन उच्च अदालतमा कार्यरत रहँदा सँगै काम गरेकी कर्मचारीले गजमेरविरुद्ध बलात्कारको आरोपमा जाहेरी दिएकी हुन् ।

स्रोतका अनुसार जाहेरवालाले २०७७ देखि गजमेरसँग चिनजान रहेको र अन्तिम पटक गत साउनमा आफू बलात्कारमा परेको उल्लेख गरेकी छिन् ।

पक्राउ परेका गजमेरलाई अदालतमा पनि उपस्थित गराइसकिएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले बताए । उनलाई जिल्ला अदालत ललितपुरमा उपस्थित गराएर ५ दिनको म्याद लिइ अनुसन्धान गरिरहेको कार्कीले बताए ।

कमेन्टहरु