हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कार गोरखापत्रकर्मी मिजार सम्मानित

नवलपुर टुडे


सिन्धुपाल्चोक, फागुन १ । हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका सिन्धुपाल्चोक संवाददाता चित्रकुमार मिजार सम्मानित हुनु भएको छ । उहाँका साथै रेडियो मेलम्चीका प्रशासन प्रमुख तथा हिमालय टेलिभिजनका जिल्ला संवाददाता सागर खड्का पनि सम्मानित हुनुभएको छ ।
मेलम्ची नगरपालिकास्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयको स्वर्णजयन्ती महोत्सव तथा २४ औँ अभिभावक दिवसको अवसरमा नगरप्रमुख आइतमान तामाङको बाहुलीबाट मिजार लगायतलाई सम्मान र पुरस्कृत गरिएको हो । लामो समय शैक्षिक क्षेत्रमा सशक्त कलम चलाएर समाजलाई सुसज्जित पार्ने दुई जना पत्रकारलाई हुतराज अर्धचन्द्र जनहितकारी संस्थाले प्रत्येक वर्ष सम्मान गर्दे आइरहेको संस्थाका सचिव सुदर्शन पाण्डेले जानकारी दिनुभयो ।
हुतराज अर्धचन्द्र जनहितकारी संस्थाबाट दिवङ्गत हुतराज अर्धचन्द्र स्मृति छात्रवृत्ति, उक्त संस्थाबाट दिवङ्गत माताद्वय महालक्ष्मी र युक्तकुमारी स्मृति छात्रवृत्ति, दिवङ्गत सत्यचन्द्र विष्णु लक्ष्मी स्मृति छात्रवृत्ति र योगराज स्मृति छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । उक्त स्मृति छात्रवृत्तिबाट इन्दे्रश्वरीका विद्यार्थीहरू पुरस्कृत भएका थिए ।
२०३८ सालमा हुतराज पाण्डे र अर्धचन्द्र पाण्डेले विद्यालयलाई १ रोपनी १३ आना, ३ पैसा जग्गा निःशुल्क प्रदान गर्नु भएको थियो । स्वर्गीय पाण्डेद्वययको स्मृतिमा स्थापना भएको हुतराज अर्धचन्द्र जनहितकारी संस्थाले सो विद्यालयलाई २०६९ सालमा ६ आना जग्गा पुन निःशुल्क प्रदान गरेको थियो ।
विद्यालय स्थापनादेखि स्वर्णजयन्तीसम्म ल्याई पुर्याउन स्वर्गीय पाण्डेद्वय, उहाँको परिवार लगायत धेरै शिक्षाप्रेमी समाजसेवीले महत्त्वपूर्ण योगदान गरेको प्रधानाध्यापक देवी श्रेष्ठले बताउनुभयो । उक्त विद्यालयमा विभिन्न स्मृति व्यक्तित्व र संस्थाको नाममा अक्षयकोष स्थापना भएको छ । उक्त संस्थाले २०६८ सालबाट शैक्षिक सामाजिक कार्य गर्दै आइरहेको छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















