कञ्चनपुरमा आफ्नै मामाको छोरामाथि बञ्चरो प्रहार गरी फरार

नवलपुर टुडे
२०८० माघ २८ | मध्यान्ह ०१:१० बजे

कैलाली, माघ २८ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ मा आफ्नै मामाको छोरालाई बञ्चरो हानेर एक जना फरार भएका छन् ।
स्थानीय ४० वर्षीय रुद्रे भुलले शनिवार राति जोरायल टोलमा आफ्नै मामाको छोरा डम्मरे भुललाई बञ्चरो प्रहार गरेर फरार भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुडाऐरका अनुसार घाइते डम्मरको अवस्था गम्भीर रहेको छ । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
दुवै जना सँगै सुतेको अवस्थामा रुद्रेले डम्मरेमाथी बन्चरो प्रहार गरेका हुन् । बञ्चरो प्रहार गरेर फरार भएका रुद्रेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।























