Opens in a new tab

समाचार

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा महाकाल युवाशक्ति नेपाल संस्थाको शाखा विस्तार

नवलपुर टुडे
२०८० माघ २७ | मध्यान्ह ०८:१० बजे

नन्द किशोर कुर्मी (लालु)

कपिलवस्तु, माघ २७ । कपिलवस्तु जिल्लामा विगत लामो समयदेखि वैदिक सनातन धर्मको संरक्षण तथा सम्बर्धन गर्दै आइरहेको महाकाल युवाशक्ति नेपाल संस्थाले कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकामा महाकाल युवाशक्ति नेपाल संस्थाको शाखा विस्तार गरेको छ।

महाकाल युवा शक्ति नेपाल संस्थाको केन्द्रीय अध्यक्ष धर्मराज विश्वकर्मा, वरिष्ठ उपाध्यक्ष फागुराम पाण्डे, उपाध्यक्ष सन्जु चौधरी, महासचिव प्रेम योगी र केन्द्रीय कोषाध्यक्ष राजेश तिवारीको उपस्तिथिमा शाखा बिस्तार गरेको हो । शाखा बिस्तार कार्यक्रममा कपिलवस्तुको महाराजगंज नगरपालिकाको विभिन्न वडाहरूबाट ४२ जनाको सहभागिता रहेको थियो ।

कपिलवस्तु जिल्लाभित्र विगत लामो समयदेखि गौ तस्करी तथा धर्म परिवर्तन कार्यहरू बढ्दै गैइरहेको हुनाले उक्त कार्यलाई रोकथाम तथा नियन्त्रण गर्नको लागि महाराजगंज नगरपालिका भित्र महाकाल युवा शक्ति नेपाल संस्था विस्तार कार्यक्रम गर्न लागिएको हो।

महाकाल युवाशक्ति नेपाल संस्थाको महाराजगञ्ज नगरपालिका स्तरीयको लागि २५ जनाको टोलीसहित शाखा विस्तार कार्यक्रम सम्पन्न भएको हो । जसमा महाराजगंज नगर अध्यक्षको रुपमा राहुल बर्मा उपाध्यक्षको रुपमा प्रदिपराज मिश्र सचिवको रुपमा सञ्जयकुमार दुबे र सहसचिवको रुपमा रामाकान्त चौरसिया कोषाध्यक्षको रुपमा अभिनेत्री कुमार पाण्डे लगायत २६ जनाको टोली गठन भएको छ।

कपिलवस्तु जिल्लाको विभिन्न नगरपालिका तथा गाउँपालिका लगायत विभिन्न वार्डहरूमासमेत यस संस्थाले आफ्नो शाखाहरु विस्तार गरेको छ र धर्म परिवर्तन नियन्त्रण तथा गौ तस्करी नियन्त्रणको लागि दिनरात आफ्नो कार्यक्रम अगाडि बढाउँदै आइरहेको छ भन्दै महाकाल युवा शक्ति नेपाल संस्थाका केन्द्रीय उपाध्यक्ष सन्जु चौधरीले जानकारी दिनुभयो।

कमेन्टहरु