सार्वजनिक जग्गा हडप्ने भूमाफियाको हातमा धमाधम हथगडी लाग्न थाले

नवलपुर टुडे
२०८० माघ २६ | मध्यान्ह ०३:१० बजे

काठमाडौं । देशमा सार्वजनिक जग्गा हडप्ने भूमाफियाको हातमा धमाधम हथगडी लाग्न थालेको छ । ललिता निवास हुँदै बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडप्ने प्रहरीको अनुसन्धानमा परे । कतिपय जेल गएका छन् त कतिपय प्रहरी हिरासतमा छन् । तर, देशमा यस्तो एउटा घटना छ जसका नाइके र मतियारहरु अझै प्रतिष्ठितको पगरी लगाएर खुलेआम हिंडिरहेका छन् । उनीहरुले एउटा गिरोह नै बनाए ।
ठमेलस्थित हजारौं वर्ष पुरानो कमलपोखरी नामेट पारी छायाँ सेन्टर ठड्याएका छन् । जहाँ पाँचतारे होटल पनि बनाइएको छ । प्रधानहरुको आराध्य देव सिंह सार्थबाहु गरुड भगवानलाई कमलको फूल चढाउन निर्माण भएको कमलपोखरी राणा शासनमा हडप्न खोजिएको थियो । तर, नामेट भएको थिएन । पछि वीरेन्द्र शाह राजा हुँदा यसको विवाद टुंगो लगाउने उनले आफ्नी सम्धी अम्बिका राणा र प्रधानहरुका तर्फबाट हिरण्यश्वरमान प्रधानलाई डाकेर तत्काललाई कुरा मिलाएका थिए । तर, ऐतिहासिक प्रमाण रहेको कमलपोखरी नामेट भएन । गुठी संस्थानमा यसको प्रमाणहरु सबै फेला परेको छ । तर, माफिया शैलीमा पृथ्वीबहादुर पाँडेले शक्ति निकाय सबै मिलाएर पोखरीको जग्गा हडपे । उनलाई वित्तिय क्षेत्रको डन पनि भनिन्छ ।
उनले जग्गा हडप्ने योजना बुने । प्रभावशाली पदमा रहेका नेता देखि कर्मचारीलाई हातमा लिए । काठमाडौं महानगरपालिकाबाट नक्शा पास गर्न लगाएर छायाँ कम्प्लेक्स ठड्याए । त्यसका लागि जो जस्को साथ लिनुपर्छ उसलाई गोल्डेन शेयर पनि दिए । ज जस्ले छायाँ कम्प्लेक्स बनाउन साथ दिन्छ उसलाई शेयर दिएर व्यवस्थापन दिए । यसकारण उनीहरु सबै सार्वजनिक जग्गा हडप्नेमा मतियार देखिएका छन् । यसरी गोल्डेन शेयर लिनेहरुमध्ये कतिले श्रीमती, छोराछोरी या आफन्तका नाममा शेयर राखेका छन् । कतिपयले लगानी पनि गरेका छन् । नेपालपेनले यसरी छायाँदेवी कम्प्लेक्समा लगानी गर्नेहरुको नाम खुलाइसकेको छ ।
छायाँ सेन्टरका नाममा बनेको कम्प्लेक्समा शेयरधनीमध्य व्यापारिक घराना पाँडे परिवारका सदस्यहरुको संख्या उल्लेख्य छ । फ्री प्रेस नेपालले कम्पनि रजिष्ट्रार कार्यालयको स्रोत उल्लेख गरी सार्वजनिक गरेको नामावली र लगानी रकम अनुसार चर्चित व्यापारी पृथ्वी बहादुर पाँडेको ७ करोड ७८ लाख ३४ हजार ६ सय लगानी देखिन्छ । ऐतिहासिक कमलपोखरी नामेट पारी ठडिएको छायाँ कम्प्लेक्समा संलग्न हाइप्रोफाइल राणा, मल्ल र पाँडेहरु (नाम र लगानी रकमसहित) बालेनको आँखा नपुगेको कमलपोखरी हडपेर बनाइएको ‘भूतभवन’ यतिसम्मकी अदालतमा मुद्या विचाराधीन रहेकै अवस्थामा छायाँ देवी कम्प्लेक्स पब्लिक लिमिटेडको नाममा आइपीओ खोल्ने प्रक्रिया बढाइएको छ । यसका लागि २१ साउनमा सूचना जारी गरी साधारण सभा डाकियो छ । १० भदौमा डाकिएको साधारणसभाको मुख्य उद्देश्य नै आइपीओ खोल्ने प्रस्ताव पारित गर्नु थियो र त्यही गरियो । यसका लागि कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने विषय प्रस्तावमा राखी पारित गरेको थियो ।
छायाँ सेन्टरका लगानीकर्ता पृथ्वी बहादुर पाँडे- ७ करोड ७८ लाख ३४ हजार ६ सय दिपकमान शेरचन- ४ करोड ७३ लाख ७१ हजार महेश्वर प्रकाश श्रेष्ठ-३ करोड ३० लाख ५५ हजार सिद्धान्तराज पाण्डेय- ३३ लाख ७० हजार योगेन्द्रबहादुर शाक्य- ९४ लाख एक सय विकाश थापा- ८३ लाख ५५ हजार प्रजन्य राजभण्डारी- २ करोड ५० लाख ६७ हजार सिद्धान्त बहादुर पाँडे- १९ लाख ७२ हजार राजधानी इन्भेष्टमेन्ट फण्ड प्रा.लि.- २ करोड २४ लाख ४ हजार सुरेश लाल श्रेष्ठ- ५२ लाख ज्ञानेन्द्र खनाल- १ करोड सिताराम महासेठ- १ करोड हिमालयन इन्फ्रास्ट्रकचर फण्ड लिं- ३ करोड ४८ लाख महेन्द्रलाल प्रधान- २ करोड ६७ लाख ३८ हजार रवीन्द्र राजभण्डारी- ५० लाख महेश खनाल-५० लाख दिक्षान्त दाहाल-७ लाख ५० हजार आशिष पौड्याल- ४० लाख योगेश भण्डारी- १ करोड १५ लाख सुमन विक्रम पाण्डे- २ करोड अनु पाण्डे पन्त- ७८ लाख नेमेन्द्र जंग थापा- १ करोड मिजास भट्टचन- ३ करोड ५४ लाख १९ हजार ८ सय किरण मान शेरचन- ६८ लाख २ हजार मनोहर प्रसाद शेरचन- १ करोड ६० लाख ४३ हजार शान्त बहादुर मल्ल- ९४ लाख १ सय ध्रवनारायण श्रेष्ठ-६२ लाख ६६ हजार ८ सय प्रयुष राजभण्डारी- ५० लाख प्रणय राजभण्डारी- ५० लाख उर्मिला पाण्डे- ७१ लाख ५० हजार पि.एम.एफ इन्भेष्टमेन्ट प्रा.लि.-४८ लाख पूर्व प्रधानसेनापति प्रज्ववल शमशेर जबरा- २५ लाख उ सिन्धु राणा-२५ लाख स्याकार ट्रडिङ कम्पनि प्रा.लि.- ३ करोड ५० लाख रेखा घिमिरे- ३ करोड १० लाख इन्दु शर्मा-९ लाख प्रज्वल भण्डारी- ८५ लाख प्रतिमा पाँडे-१ करोड २२ लाख ४४ हजार ४ सय निर्मल प्रधान-६ करोड ५० लाख लक्ष्मी शाक्य- १० लाख प्रेम शेभा तुलाधर- ४० लाख रक्षक महत- ५० लाख पारुल पाँडे- ८ लाख ७७ हजार २ सय


















