अपहरण गरेर सात लाख फिरौती माग्ने दुई पक्राउ

रासस


त्रिशूली -नुवाकोट, माघ २६ । नुवाकोटको ककनी गाउँपालिका–४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर सात लाख फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्नेमा जिल्लाको ककनी गाउँपालिका–४ का राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–८ का चन्द्रबहादुर तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काकाअनुसार गत सोमबार राति बिरामी लिन आफ्नो घर काहुलेबाट ककनी जाने क्रममा सूर्यबहादुरलाई नियन्त्रणमा लिएर सात लाख फिरौती लिन आएका दुई जना पक्राउ परेका र सो घटनामा संलग्न अन्य फरार भएकाले उनीहरुको खोजी भइरहेको छ ।
“सूर्यबहादुरलाई अपहरण गरेर जिल्लाको पञ्चकन्या गाउँपालिका–५ मा पुर्याएर आफन्तसँग फिरौती माग्ने क्रममा सात लाख दिन सहमति भएपछि पीडित परिवारबाट त्यसको सूचना प्राप्त गरेका हौँ ।” उहाँले भन्नुभयो, “फिरौती बुझ्न आउने क्रममा ककनीका राजकुमार र शिवपुरीका चन्द्रबहादुरलाई नियन्त्रणमा लिएका छौँ ।”
उनीहरुलाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद लिएको जनाएको छ । घटनामा संलग्न हुनेहरुको सङ्ख्या धेरै भएकाले अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
अरुपनि पढ्नुहोस
सबै
विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण
















